• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सुन चोरी पैठारीमा मुछिए पर्यटन बोर्डका सीईओ रेग्मी


काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा मुछिएका पाइएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालयले सीईओ रेग्मीमाथि छानविन गरिरहेको छ, त्यसक्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मी सुन चोरी पैठारीमा दोषी ठहर भएको जानकारी गराएकोहो।भन्सार कार्यालयले

मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए, जसमध्ये ३० ग्राम सुन अवैध थियो ।त्यही दिन रेग्मीविरुद्ध भन्सार कार्यालयमा मुद्दा दर्ता भयो, जसको २१ भदौ २०७७ मा फैसला आयो । फैसलामा पर्यटन बोर्डका सीईओ रेग्मीले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिम सुन चोरी पैठारी गरी ल्याएको ठहर गर्दै १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना तोकिएको छ।

धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भने- सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहले संचालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् । धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।उनले यसबारे छानबीन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबीन प्रतिवेदन आइसकेपछि दूधको दूध, पानीको पानी हुन्छ ।’

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको थियाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उद्घाटन गरेका थिए ।यसमा भारत सरकारको २५ करोड लगानी रहेको बताउँदै मन्त्री ओलेले भने, ‘तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर शानदार आलिशान, छ । सेभेन स्टारको हाराहारीमा मैले पाएँ ।’

‘नेपाल-भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ । त्यहाँ बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ । कतिपय संरचनाहरु अनुमति विना बनाइएको पनि मन्त्री आलेले बताए ।

उनले छानबीनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाए ।छानबीन समितिका संयोजक नारायण सुवेदीले भोलि अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार