• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ ३ गते साेमवार, यस्तो छ आजको राशिफल


२०७८ माघ ३ गते, साेमवार, १७ जनवरी २०२२। पाैष शुक्लपक्ष, पूर्णिमा तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन। वि.सं. माघ ०३, २०७८।ई.सं. १७ जनवरी २०२२
। शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलाथ्व । राक्षस, उत्तरायण शिशिर । सोमबार पौष शुक्लपक्ष । तिथि- पूर्णिमा, २८:४९ बजे उप्रान्त प्रतिपदा । नक्षत्र- पुनर्वशु, २८:३७ बजे

उप्रान्त तिष्य । योग वैधृति, १६:२२ बजे उप्रान्त विष्कम्भ । करण- भद्रा १५:५६ बजेदेखि वव, २८:४९ बजे उप्रान्त तैतिल । चन्द्रराशि मिथुन । आनन्दादि योग धुम्र । दिनमान २६।२३ । सूर्योदय ६:५८ । सूर्यास्त १७:३१ । पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ , भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कता अपनाउनु पर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ कमको थालनी समेत हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । पुँजी बजारको सहयोग पनि पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार