• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

नेपालमा एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि, लकडाउनको सम्भावना कति ?


काठमाडौँपछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १७ हजार
८७२ जनामा पीसीआर परीक्षण ८ हजार ७३० र ४ हजार ९५६ जना मा एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण देखिएको हो ।२४ घण्टामा ५६२ जना निको भएका छन्।


योसँगै निको हुनेको कुल संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।त्यस्तै २४ घण्टायता १ संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य सचिव पोखरेल भन्छन्- ‘भीड नियन्त्रण होस्, हामी लकडाउनको पक्षमा छैनौं’
स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् ।संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा स्वास्थ्य सचिव पोखरेलले यस्तो बताएका हुन् ।’हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सकिँदैन । भीड नियन्त्रण होस् । स्वास्थ्य मन्त्रालय लडकडाउनको विरुद्धमा छ,’ स्वास्थ्य सचिव पोखरेलले भने।

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिन थालेपछि सरकारले रोकथामका लागि कडाइ गरेको छ ।स्वास्थ्य सचिव पोखरेलले एक/दुई दिनमा पीसीआर परीक्षणको शुल्क समायोजन गर्ने पनि बताएका छन् । सरकारी ल्याबमा परीक्षण गर्नेलाई निःशुल्क गराउने पनि उनले बताए ।बैठकमा समितिकी सभापति जयपुरी घर्तीले भने भीड नियन्त्रणका लागि अन्य निकायसँग आफूहरूले छलफल गर्ने बताएकी थिइन् । यसका लागि थप निर्णय आवश्यक भएको उनको भनाइ छ ।

२०-२४ लाख खोपको तथ्यांकै भेटिएन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्यांकै नभेटिएको बताएका छन् ।संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई कोरोना संक्रमणको अवस्था र मन्त्रालयको तयारीका बारेमा जानकारी दिँदै सचिव डा. पोखरेलले हालसम्म नेपालले प्राप्त गरेर लगाएको कुल खोपमध्ये २०-२४ लाख खोप तथ्यांकबाट हराइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार व्यक्तिहरुले खोप कार्डबिना नै पहिलो र दोस्रो मात्राको खोप लगाएको, सहरी क्षेत्रमा केहीले पहिलो डोज भन्दै तेस्रो डोज पनि लगाएको कारणले गर्दा पनि केही लाख खोपको लेखाजोखा भने नमिलेको देखिएको छ । ‘अहिले तेस्रो डोज लगाउन आउनेहरुले पहिलो र दोस्रो डोज लगाउँदा आफूले कार्ड नै नपाएको पनि बताउने गरेका छन्,’ उनले भने, ‘यसले उनीहरूले पहिला खोप लगाए पनि हाम्रो तथ्यांकमा भने इन्ट्री नभएको बुझिन्छ । यस्ता प्रशस्तै उदाहरण छन् ।’उनका अनुसार बीचमा केही राष्ट्रहरूबाट सहयोग स्वरूप प्राप्त खोपको म्याद गुज्रिने मिति निकै कम रहेको कारणले गर्दा पनि त्यस्ता खोप व्यवस्थापन गर्न मन्त्रालयलाई कठिन भएको थियो ।

डा. पोखरेलले समितिमा नेपालका ठूला शहरी क्षेत्रमा बसोबास गर्ने अधिकांशले दुई डोज खोप लगाइसकेको दाबीसमेत गरे । ‘शहरी क्षेत्रमा करिब ८० प्रतिशतले नै खोप लगाइसके भन्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘तथ्यांकले पनि त्यही देखाउँछ ।’उनले सरकारले हाल तेस्रो डोज लगाउनेहरूको भने व्यवस्थित रुपमा तथ्यांक राख्ने प्रयास गरिरहेको दाबी गरे । यस्तै डा. पोखरेलले विभिन्न प्राविधिक कठिनाइका कारण सरकारले घोषणा गरेअनुसार वडा-वडामा खोप पुर्‍याउन कठिन भइरहेको छ । ‘हामीले वडा वडामा खोप पुर्‍याउने भनेका थियौं । हामी त्यसका लागि अहिले पनि लागिरहेका छौं,’ उनले भने ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार