• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सकियो मन्त्री आलेको चुरीफुरी : लुम्बिनी विकास कोषभित्र सुरज वैद्यलाई रिसोर्ट सञ्चालन गर्न दिन खुसुक्क गरे निर्णय


काठमाडौंनाराहिटी संग्राहलयभित्र बतास अर्गनाइजेशनले बनाएको रेष्टुराँ भत्काएका संस्कृत पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमआलेले संसारा वेलनेस नामक कम्पनी
लाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने खुसुक्क निर्णय गरेका छन् ।मन्त्री आलेले नाराहिटी संग्राहलयभित्र बतास ग्रूपले बनाएको संरचना भत्काउँदै लुम्बिनीमा भने रिसोर्ट

बनाउन दिने निर्णय गरेको खुलासा भएको हो ।लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेको अध्यक्षमा बसेको पुस २० गतेको बैठकले संंसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट संचालन गर्न दिने निर्णय गरेको हो ।अर्को रमाइलो कुरा त यो रहेको छ सो संसारा वेलनेस नामक कम्पनी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो । यो निर्णय भएपनि यसलाई गोप्य राखिएको छ । लुम्बिनी विकास कोषले पनि यो सूचना बाहिर ल्याउन चाहेको छैन ।

लुम्बिनी विकास कोषका अनुसार संसारा वेलनेसलाई जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै सिधै विकास कोषको बैठकमा पेश गरिएको थियो । यसअघि वैद्य आफै लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटल बनाउने योजना बनाएका थिए ।

संसारा वेलनेसले प्रस्ताव गरेको क्षेत्र क्याम्पियन ग्राउण्ड रहेकोले त्यसलाई रिसोर्ट संचालनको लागि दिन नहुने पक्षमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेसकुमार त्रिपाठी भिक्षु मेत्तेय रहेका थिए ।

कोषको जग्गामा रिसोर्ट सञ्चालन गर्न दिन नहुने अडान राख्दै आएका मेत्तेयलाई थाहै नदिइ विकास कोषका पदाधिकारी र सदस्यहरूको मिलिमतोमा गत मंसिर ११ गतेको बैठकले रिसोर्ट संचालनको लागि जग्गा दिने निर्णय गरेको थियोे ।जग्गाको विषयमा मन्त्री आलेसँग कुरा नमिलेपछि पछिल्लो उपाध्यक्ष त्रिपाठी क्यानडा गएर बसेको बुझिएको छ ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार