• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मधेस प्रदेशमा एमाले–लोसपा गठबन्धन


राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार
अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् । बिहीबार

भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।
दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच गठबन्धन भइसकेको छ। प्रदेश दुईमा दुई गठबन्धन बनेपनि सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ। राष्ट्रिय सभा निर्वाचन माघ १२ गते हुँदैछ।

स्थानीय तह रिक्त हुनेगरी चुनाव सार्ने निर्णय असंवैधानिक हुन्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले गर्ने हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्ने बताएका छन् । बिहीबार ट्विटमार्फत महामन्त्री थापाले स्थानीय तहलाई रिक्त राखेर संघीय निर्वाचन हुननसक्ने बताएका हुन् ।

सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संघीय निर्वाचन गर्ने विषय प्रवेश भएपछि थापाले निर्वाचनबारे निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुने बताए । उनले ट्वीटमा भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।’

‘ काँग्रेस प्रष्ट छ, असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ,’ थापाले भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भने स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने पक्षमा छन् ।

काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र उपसभापति पूर्णबहादुर खड्का स्थानीय तहको निर्वाचन सार्ने पक्षमा देखिको बेला महामन्त्री थापाले भने देउवाको प्रस्तावमा साथ दिने संकेत देखाएका छन् ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार