• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

महेश बस्नेतविरुद्ध खनिए युवा संघका १४ पदाधिकारी


काठमाडौंयुवा संघका इन्चार्ज महेश बस्नेतविरुद्ध ६ उपाध्यक्षसहित १४ जना पदाधिकारीले आपत्ति जनाएकाछन्।विधि, प्रक्रिया मिचेर मनोमानी ढंगले संगठन चलाएको
र गत पुस २८ र १९ गते पोखरामा भएको सचिवालय बैठकमा आफूखुसी निर्णय गर्ने काम भएको भन्दै ती पदाधिकारीहरुले लिखितरुपमा आपत्ति जनाएका हुन्। उनीहरुले जनवर्गीय संगठ

प्रमुख र केन्द्रीय कार्यसमितिलाई ध्यानाकर्षण पत्र पठाएका छन्।’हामीले पुस ३० गते विहान भइरहेको गतिविधि र कोठे बैठकले संगठन घोषित निर्णयमा पुग्ने कुनै संकेत देखेनौं तथापि संघका इन्चार्ज र अध्यक्षलाई उक्त विषयवस्तु र विद्यमान सचिवालय कमिटीलाई नै स्वतल आयोजक कमिटीमा रुपान्तरण गर्नुपर्ने, त्यसमा एकता प्रक्रियाबाट आएका कमरेडहरुलाई थप्नुपर्ने विषयवस्तु हामीले प्रष्टरुपमा राख्यौं। उक्त विषयमा कमरेड इन्चार्ज र अध्यक्षले कुनै चासो देखाउनु भएन,’ दुई पन्ने ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘घोषित दुई दिनलाई तोकिएको उक्त बैठक तेस्रो दिन सञ्चालन नहुने संकेत देखिएपछि, विधि, प्रक्रिया र निर्णय विपरित जिम्मेवार व्यक्तिहरुको खल्तीबाट पूर्वाग्रही सोचका साथ नामावली घोषणा हुने संकेत देखिएपछि हामी सम्पूर्ण कमरेडहरुलगायत अधिकांश सचिवालय सदस्यहरु काठमाडौं फर्केको जानकारी गरायौं।’

उनीहरुले आफूहरु फर्किसकेपछि इन्चार्ज बस्नेतले फेसबुक लाइभबाट कमिटी घोषणा गरेका थिए। हप्ता-दस दिनअघि नै तयार पारिएको आयोजक कमिटीको नामावली र व्यक्तिगत सम्बन्धका आधारमा मनोमानी ढंगले संयोजक, सहसंयोजक, विभागीय प्रमुख र प्रदेश इन्चार्जहरु तोक्नै मिनी महाधिवेशनको झल्को दिएको उनीहरुको आरोप छ। फागुन ११ गते ९औं महाधिवेशन तोकिए पनि बस्नेतले अगावै मनोमानी ढंगले सूची तयार पारी सार्वजनिक गरेर महाधिवेशन बिथोल्ने प्रयास गरेको उनीहरुको बुझाइ छ।

‘यस्तो गतिविधिले संगठनमा फरक मत, फरक विचार राख्ने व्यषक्तिहरुलाई पूर्णतः निषेध गर्दै संगठन व्यक्ति केन्द्रीत समूहमा रुपान्तरित हुने स्पष्ट छ। पार्टीको मूल विचार र संगठनात्मक जीवनमा व्यक्तिवादी हाबी हुँदै गएको हामीले महसुस गरेका छौं। तसर्थ संघको विद्यमान पूर्ण सचिवालय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्न पार्टीबाट स्पष्ट निर्देशन गरियोस् भनी कमरेडसमक्ष यो ध्यानाकर्षण पत्र दर्ज गराएका छौं,’

पत्रमा भनिएको छ।पत्रमा उपाध्यक्षहरु अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णु प्रसाद घिमिरे, तिरण गौतम, रविन थापा, उपमहासचिव कुमार हुमागाइँलगायतले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार