• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ ८ गते शनिवार, यस्तो छ आजको राशिफल


२०७८ माघ ८ गते, शनिवार,२२ जनवरी २०२२। माघ कृष्णपक्ष, चतुर्थी तिथि, प्रातः ७ः४१ बजेदेखि पञ्चमी। पूर्वफाल्गुनी नक्षत्र ९ः३३ बजेदेखि उत्तरफाल्गुनी। चन्द्रराशि–
सिंह, १५ः३६ बजेदेखि कन्या। वि.सं. माघ ०८, २०७८।ई.सं. २२ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलागा । राक्षस, उत्तरायण शिशिर।शनिबार माघ कृष्णपक्ष।

तिथि- चतुर्थी, ७:४१ बजे उप्रान्त पञ्चमी । नक्षत्र- पूर्वफाल्गुनी, ९:३३ बजे उप्रान्त उत्तरफाल्गुनी । योग- शोभन, १३:२४ बजे उप्रान्त अतिगण्ड । करण- वालव ७:४१ बजेदेखि कौलव, १९:२८ बजे उप्रान्त भद्रा । चन्द्रराशि सिंह । आनन्दादि योग लुम्ब । दिनमान २६।३६ । सूर्योदय ६:५७ । सूर्यास्त १७:३५ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । लाभदायक यात्रा पनि रहला, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ सफलता पनि मिल्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाइबाट सहयोग मिल्नेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । आज लगानी गर्नु पनि उपयुक्त नहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार