• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ ९ गते आइतवार, यस्तो छ आजको राशिफल


२०७८ माघ ९ गते, आइतवार२३ जनवरी २०२२। माघ कृष्णपक्ष, पञ्चमी तिथि, प्रातः ७ः०८ बजेदेखि षष्ठी। उत्तरफाल्गुनी नक्षत्र ९ः३५ बजेदेखि हस्त। चन्द्रराशि– कन्या।
वि.सं. २०७८ माघ ०९ गते आइतवार तदनुसार ई. सं. २०२२ जनवरी २३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२,(पोहेलागा)

माघ कृष्णपक्षको पञ्चमी तिथि, बिहान ०७:१३ बजेसम्म, त्यसपछि षष्ठी तिथि, मध्यरात्रीपछि ०६:०८ बजेसम्म, अन्तिममा सप्तमी तिथि (तिथि टुटेको दिन), उत्तराफाल्गुनी नक्षत्र, बिहान ०९:३७ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड योग, दिउँसो ११:४० बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा तैतिल करण बिहान ०७:१३ बजेसम्म, त्यसपछि गर करण साँझ ०६:४० बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक प्रेम बढेर जानेछ । फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रम अनुसार सफलता मिल्न समय लाग्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । साथीभाईबाट विशेष सहयोग मिल्नसक्छ । सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अचल सम्पत्ति हात पर्ने योगछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पदोन्नतीको सम्भावना प्रवलछ । शुभ कार्यको चर्चा चल्नेछ । राज्यबाट साथ र सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । प्राविधिक क्षेत्रको काम अघी बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्ति संग भेटघाट पनि हुनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार