• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

हाइपर फन्डमा लगानी गर्ने र गराउने दुबैलाई कारबाही हुन्छ : राष्ट्र बैंक


काठमाडौँनेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सीसम्बन्धी कसैले कारोबार गरेको पाइएमा कारबाही गरिने जनाएको छ । छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन
देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ । एक

विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले जोसियल क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुने वा गराउने कार्य पनि गैरकानुनी रहेको जनाएको छ । त्यसरी कारोबार गरेको पाइएमा कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ ।जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

डुबेको उदयपुर सिमेन्ट उद्योगको कमाइ अहिले लक्ष्यभन्दा बढी

उदयपुर — एक वर्षअघिसम्म चरम घाटामा डुबेर बन्द हुने अवस्थामा रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले अहिले भने लक्ष्यभन्दा बढी आम्दानी गर्न थालेको छ । चालु आर्थिक वर्षको ६ महिनामा उद्योगले उत्पादन बिक्रीबापत ५८ करोड १ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । यो लक्ष्यभन्दा ५ करोड बढी हो । सो अवधिमा ५३ करोड ५१ लाख ४५ हजार आम्दानी गर्ने लक्ष्य लिएको थियो ।उद्योगको बिक्री बढेकाले आम्दानी लक्ष्यभन्दा धेरै भएको हो । उद्योगले चालु आवको ६ महिनामा ७ लाख ९९ हजार ९ सय २० बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएकोमा ९ लाख २ सय बोरा बिक्री गरेको छ ।त्यसैगरी ५० हजार २ सय मेट्रिकटन क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेकोमा ६० हजार ६ सय ५५ मेट्रिकटन उत्पादन भएको उद्योगले जनाएको छ ।

कोइला लगायत कच्चापदार्थको अभावसँगै संचित नोक्सानी उच्च भएकाले २०७७ पुससम्म उद्योगको उत्पादन बन्द अवस्थामा थियो । त्यतिबेलासम्म उद्योगलाई करिब ६५ करोडको दायित्व रहेको थियो । ‘तत्कालीन समयमा अधिकांश कर्मचारीहरुले अब उद्योग चल्छ भन्ने आश मारिसकेका थिए’ उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले भने, ‘मजदुर कर्मचारीलाई औषधि उपचार र उपदानको रकम कसरी भुक्तानी गर्ने भन्नेमै चिन्ता थियो ।’ उद्योगले नागरिक लगानी कोषमा रहेको औषधि उपचार र उपदान कोषमा रकम जम्मा गर्न पनि सकेको थिएन । २०७७ पुसअघि २१ जना कर्मचारीको औषधि उपचार र उपदानको दायित्व मात्रै ७ करोड ५ लाख २९ हजार थियो । कर्मचारीले तलब, ओटी सुविधा समेत पाएका थिएनन् ।

उद्योग बन्द हुने अवस्थामा रहेकै बेला गोपिकृष्ण न्यौपाने महाप्रबन्धक भएर आए । उनी आएपछि उद्योगको मर्मत संभार गर्ने तथा प्रशासनिक सुधारका कार्यले गति लियो । न्यौपाने ०७७ साल माघ १ गते उद्योगमा महाप्रबन्धक भएर हाजिर भएका हुन् । ‘गत वर्ष उद्योगबाट प्रतिघण्टा २० मेट्रिकटनका दरले सिमेन्ट उत्पादन भइ रहेकोमा मर्मतसंभार पश्चात यस आर्थिक वर्षमा प्रतिघण्टा ४३ मेट्रिकटनका दरले उत्पादन भएको छ’ महाप्रबन्धक न्यौपानेले भने, ‘यसबाट उत्पादन बढ्नुका साथै विद्युत् खपतमा समेत मितव्ययिता कायम भएको छ ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार