• २०८१ साउन ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ १० गते साेमवार, यस्तो छ आजको राशिफल


२०७८ माघ १० गते, साेमवार२४ जनवरी २०२२। माघ कृष्णपक्ष, सप्तमी तिथि। हस्त नक्षत्र ९ः०९ बजेदेखि चित्रा। चन्द्रराशि– कन्या, २०ः४८ बजेदेखि तुला।वि.सं. माघ
१०, २०७८ । ई.सं. २५ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलागा । राक्षस, उत्तरायण शिशिर । सोमबार माघ कृष्णपक्ष । तिथि- सप्तमी, २८:४४ बजे उप्रान्त

अष्टमी । नक्षत्र- हस्त, ९:०९ बजे उप्रान्त चित्रा । योग सुकर्मा, ९:३५ बजे उप्रान्त धृति । करण- भद्रा १७:२९ बजेदेखि वव, २८:४४ बजे उप्रान्त तैतिल । चन्द्रराशि कन्या । आनन्दादि योग वज्र । दिनमान २६।४१ । सूर्योदय ६:५६ । सूर्यास्त १७:३७ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा नै हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वास उत्पन्न हुनेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्न लागेको काम विग्रन सक्छ । सामान हराउने वा चोरी हुने भय छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन हात लाग्न सक्छ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभहानी, सुखदुख बराबरी मध्यम खालको दिन छ तर ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रेममा बाधा पनि आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जोशजाँगर र हिम्मत बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रवल छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार