• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ ११ गते मंगलवार, यस्तो छ आजको राशिफल


२०७८ माघ ११ गते,मंगलवार, २५ जनवरी २०२२। माघ कृष्णपक्ष, अष्टमी तिथि। चित्रा नक्षत्र ८ः२१ बजेदेखि स्वाती। चन्द्रराशि– तुला।वि.सं. माघ १२, २०७८ । ई.सं.
२६ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलागा । राक्षस, उत्तरायण शिशिर । बुधबार माघ कृष्णपक्ष । तिथि- नवमी, २४:५८ बजे उप्रान्त दशमी । नक्षत्र- स्वाती

७:१३ बजेदेखि विशाखा, २९:५० बजे उप्रान्त ज्येष्ठा । योग- गण्ड, २५:३८ बजे उप्रान्त वृद्धि । करण- तैतिल १४:०० बजेदेखि गर, २४:५८ बजे उप्रान्त वव । चन्द्रराशि तुला । आनन्दादि योग धुम्र । दिनमान २६।४७ । सूर्योदय ६:५५ । सूर्यास्त १७:३८ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शेयर बजार र पेसाव्यवसायका क्षेत्रमा फाइदा पनि हुनेछ

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार