• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

गुरु बराल बने अभागी : प्रदेश १ मा गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार बस्नेत विजयी


प्रदेश१ कोराष्ट्रियसभा निर्वाचनमा गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएकाछन्।काँग्रेसको तर्फबाट उम्मेदवार बनेकाउनले एमालेकाउम्मेदवार
गुरु बराललाई गोलाप्रथाबाट हराएका हुन् । दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथामा विजेता घोषणा गरिएको हो । दुबै उम्मेदवारले बराल र बस्नेतको ४४८८ मत आएको थियो ।
राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ ।


मधेस प्रदेशमा माओवादीकी उम्मेदवार उर्मिला अर्याल विजयी
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । उनी ६१५६ मतभारका साथ विजयी भएकी हुन् । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने मतदानमा उपस्थित भएनन् ।

गण्डकीमा गठबन्धनको ‘क्लिन स्विप
सत्ता गठबन्धनले गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा क्लिन स्विप पारेको छ । बुधबार भएको निर्वाचनमा तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् ।पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।यसैगरी दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए । यस्तै अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले ३ हजार ९६ मतभार भएर विजयी हुँदा एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार पाए ।

कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।

निर्वाचित बनेका विष्टले तीन हजार ६, गुरुङले २ हजार ९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार प्राप्त गरेका छन् । यस्तै पराजित बनेका एमालेका गंगा थापा महतले १ एक हजार ४१६ पदमबहादुर माझीले १ हजार ३९८ र चूडामणि शर्मा १४ १६.ले मत मात्र प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले रातोपाटीलाई जानकारी दिए।बुधबार बिहान नौ बजेदेखि प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगरमा भएको मतदान दिउसो ३ बजे सकिएको थियो । मतदान गर्ने ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाको मत खसेको थियो ।मतदान नगर्नेमा प्रदेशसभा सदस्य तथा राप्रपा नेतृ सोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली रहेकी छन् ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार