• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आन्दोलनको तयारीमा एमाले, जनवर्गीय संगठनहरूलाई परिचालन गरिने


काठमाडौँ नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेकोछ।एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम
आयोजना गर्न लागेकोहो।आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएकोछ।एमाले प्रचार विभागका उपप्रमुख

विष्णु रिजालका अनुसार बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल हुने छ।‘स्थानीय तहको चुनाव ढिलो गर्न खोजेको प्रति हाम्रो आपत्ति रहेको छ । त्यसका लागि दबाबमूलक कार्यक्रमहरू गर्न तयारी छ । चुनाव घोषणाका लागि दबाब दिन गर्न लागिएको आन्दोलनको तयारीका लागि बैठकको आयोजना गर्न लागिएको हो,’ रिजालले भने ‘परिस्थिति हेरर कार्यकर्ता परिचालनदेखि अन्य दबाबमूलक कार्यक्रमहरू आयोजना गर्न विषयमा छलफल हुनेछ । आन्दोलनका लागि आफ्नो पंक्तिलाई तयार गर्ने, जुम बैठकहरु आयोजना गर्ने र सरकारले तोकेको मापदण्डअनुसार साना-साना भेलाहरु गर्न सहमतिको विषयहरु रहेका छन् ।’

भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा आयोजना गर्न लागिएको बैठकमा स्वास्थ्य सुरक्षा र सरकारको तोकेको मापदण्डअनुरुप नै हुने उपप्रमुख रिजालले बताए । ‘सबै जनवर्गीय संगठनबाट एक जनाको सहभागिता रहने छ,’ रिजालले भने । एमालेको २२ वटा जनसंगठन समन्वयन समितिको संयोजकमा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल रहेका छन् । सो समितिमा जनवर्गीय संगठनका इन्चार्ज, सह-इन्चार्ज र अध्यक्ष रहने गरेका छन् ।

यसअघि कोरोनाबाट संक्रमित रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएपनि बिबादमा परेका थिए । संक्रमित रहँदै उनले रक्तदान कार्यक्रममा सहभागी भएकाहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार