• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ १९ गते बुधवार, यस्तो छ आजको राशिफल


२०७८ माघ १९ गते,बुधवार, २ फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, प्रतिपदा तिथि, ९ः५२ बजेदेखि द्वितीया। धनिष्ठा नक्षत्र। चन्द्रराशि– मकर, ८ः१३ बजेदेखि कुम्भ।वि.सं.
माघ १९, २०७८।ई.सं. २ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । बुधबार माघ शुक्लपक्ष । तिथि- प्रतिपदा, ९:५२ बजे उप्रान्त

द्वितिय । नक्षत्र- धनिष्ठा, १९:४९ बजे उप्रान्त शतभिषा । योग- वरियान्, २६:१७ बजे उप्रान्त परिघ । करण- वव ९:५२ बजेदेखि वालव, २१:०८ बजे उप्रान्त गर । चन्द्रराशि मकर । आनन्दादि योग मित्र । दिनमान २७।०९ । सूर्योदय ६:५२ । सूर्यास्त १७:४४ । ध. पञ्चक प्रा. ८:१३, चन्द्रोदय:, तामाङल्होसार, सोनामल्होसार, श्रीवल्लभजयन्ती ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । शिक्षामा सफलता मिल्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सेयरबजारबाट पनि लाभ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार