• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ २३ गते आइतवार, यस्तो छ आजको राशिफल


२०७८ माघ २३ गते,आइतवार ६ फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, पञ्चमी तिथि, ७ः०९ बजेदेखि षष्ठी। रेवती नक्षत्र।चन्द्रराशि– मीन। २०ः२७ बजेदेखि अश्विनी नक्षत्र,मेष राशि। वि.सं. माघ २३,२०७८।ई.सं. ६ फेब्रअरी २०२२। शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर ।आइतबार माघ शुक्लपक्ष । तिथि- पञ्चमी, ७:०९

बजे उप्रान्त षष्ठी ।नक्षत्र- रेवती, २०:२७ बजे उप्रान्त अश्विनी । योग- साध्य, २०:१४ बजे उप्रान्त शुभ । करण- वालव ७:०९ बजेदेखि कौलव, १९:२१ बजे उप्रान्त वणिज । चन्द्रराशि मीन । आनन्दादि योग प्रवर्द्धमान । दिनमान २७।२३ । सूर्योदय ६:५० । सूर्यास्त १७:४७ । ध.पञ्चक स. २०:२७, वसन्तपञ्चमी(वसन्त श्रवण), सरस्वतीपूजा, श्रीपञ्चमी, रतिकामपूजा, हलसारो गर्ने ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्राविधिक कार्यमा लगाव बढ्नेछ । धनसञ्चयको अवसर प्राप्त हुने तथा व्यवसायिक लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कसै सैलाई परदेशी घर फर्कने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । समाज र परोपकारका पनि समय बित्न सक्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार