• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

देउवा ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता हुँदै …


काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा भेटवार्ता हुने
भएको छ ।अध्यक्ष ओली अपरान्ह ४ बजे बालुवाटार जाने हुनुभएको हो ।शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएका ओलीले आज देउवा र प्रचण्डसँग भेटवार्ता गर्न लाग्नुभएको हो।

तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लगायत विषयमा छलफल हुने बताइएको छ ।
भोली बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय चुनावको मिति तोक्ने

सरकारले सोमबार स्थानीय तह निर्वाचनको मिति तोक्ने भएको छ। भोली बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले निर्वाचन मिति घोषण गर्ने तयारी भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो। ‘सोमबारको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगले तोकेकै समयमा चुनावको मिति घोषणा गर्छ,’ मन्त्री कार्कीले भने।यसअघि प्रधाानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको थियो। त्यही समझदारीअनुसार सरकारले मिति तोक्ने तयारी गरेको हो।

मन्त्रालय थपेको विरोधमा प्रदर्शन

सात मन्त्रालयलाई फुटाएर १३ बनाइएको विरोधमा प्रदेश १ मा प्रदर्शन भइरहेको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन र युवा संघमा आबद्ध विद्यार्थी–युवाले प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् ।

कोसी राजमार्गको ढाटनजिकैबाट प्रदेश प्रमुखको कार्यालय छिर्ने सहायक सडकमा त्रिपाल ओछ्याएर विद्यार्थी धर्नामा बसेका छन् । प्रदर्शनकारीहरुले आज बिहानै देखि कार्यालय प्रवेश गर्ने सडक अगाडी अवरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार