• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

देउवा, ओली र दाहालबीचको छलफल सकियो, एमसीसीबारे एमालेले राख्यो यस्तो धारणा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्री देउवाको आमन्त्रणमा देउवा, ओली र दाहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार करिब दुई घण्टा छलफल भएको हो । भेटमा स्थानीय

तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संसद् खुलाउने विषयमा छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए । छलफलमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद्‌बाट एमसीसी अनुमोदन गर्नेलगायत अन्य विषयमा सरकारलाई सघाउन आग्रह गरेका छन् भने एमाले अध्यक्ष ओलीले पहिले सरकारको तर्फबाट स्पष्ट धारणा बनाउन आग्रह गरेका छन् ।
देउवा र ओलीलाई दाहालको प्रस्ताव- एमसीसीबारे चुनावपछि छलफल गरौं
प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्री देउवाको आमन्त्रणमा देउवा, ओली र दाहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार करिब दुई घण्टा छलफल भएको हो ।भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संसद् खुलाउने विषयमा छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए । छलफलमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद्‌बाट एमसीसी अनुमोदन गर्नेलगायत अन्य विषयमा सरकारलाई सघाउन आग्रह गरेका छन् भने एमाले अध्यक्ष ओलीले पहिले सरकारको तर्फबाट स्पष्ट धारणा बनाउन आग्रह गरेका छन् ।

बालुवाटारमा एमसीसीबारे एमालेले राख्यो यस्तो धारणा
‘सत्तापक्षले दृष्टिकोण सार्वजनिक नगरेसम्म एमाले हतारिँदैन’
नेकपा एमालेले एमसीसीबारे सत्तापक्षमै स्पष्टता जरुरी रहेको बताएको छ। सत्तापक्षभित्रै एमसीसीबारे समान धारणा नरहेको एमालेको भनाइ छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा एमालेले एमसीसीबारे सत्तापक्षबाट स्पष्ट दृष्टिकोण आएपछि मात्रै पार्टीले पनि आफ्नो धारणा ल्याउने बताएको हो ।

यसअघि एमाले सरकारमा हुँदा पटक पटक एमसीसी पारित हुनुपर्ने धारण राख्दै आएको भएपनि सत्ताबाट बाहिरिएपछि भने एमसीसीबारे सत्तापक्षलाई नै दोष थोपरेर पन्छिने प्रयास गर्दै आएको जस्तो देखिन्छ । आइतबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले महासचिव शंकर पोखरेलले एमसीसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने बताए ।

‘सरकारले स्पष्ट पारिसकेपछि हामी स्पष्ट दृष्टिकोणका साथ उपस्थित हुन्छौँ’, उनले भने, ‘सत्तापक्ष नै अनिर्णित भएर बस्ने कुरा राम्रो होइन’, उनको भनाइ छ, ‘सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म एमाले हतारिँदैन ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार