• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक
मन्त्रीले जानकारी दिए ।निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ

मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।
प्रधानमन्त्री देउवा र दाहालको पत्रबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन गर्नुपर्छ : रावल
काठमाडौँ — एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने भनेर लेखेको असोज १३ गतेको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताए । ‘यो प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र हो । यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यस्तो पत्र लेखेर यो सम्झौता अनुमोदन गर्नेछौं समय दिनुपर्‍यो भन्नुभएको छ ।

एमसीसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौं भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो,’ उनले थपे, ‘कूटनीतिमा यस्ता गतिविधिले राष्ट्रको स्वाभिमान झुक्ने काम भएको छ । अरु देशमा यस्तो भयो भने छानबिनमात्रै होइन‚ दण्डित हुन्थ्यो ।”यस्तो तरिकाले कूटनीति चल्छ ?’ रावलको प्रश्न थियो । देउवा र दाहाललाई कस्ता कूटनीतिज्ञले यस्तो सुझाव दिएको हो भन्ने पनि उनले जिज्ञासा राखेका थिए । प्रतिनिधिसभामा विचाराधीन सम्झौता यस्तो र उस्तो गर्छौं भनेर पत्र लेख्ने अधिकार कुनै नेतामा नभएको उनको भनाइ थियो ।

‘प्रतिनिधिसभामा दर्ता गरिएको सम्झौता यस्तो र उस्तो गर्छौं भन्ने अधिकार उहाँहरूसँग हुन्छ ? यसमाथि छानबिन भएर कारबाही हुनुपर्छ । तबमात्र कूटनीतिक क्षेत्रमा राम्रो सन्देश जान्छ,’ उनको भनाइ थियो, ‘आफ्नो देशका जनताका कुरा नसुन्ने तर अर्कोलाई यस्तो पत्र लेख्ने ? यसमा हस्ताक्षर गर्ने बेला हात पनि काँपेनछन् ?’एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसी सम्झौता नहुँदैमा अमेरिका र नेपाल सम्बन्धमा कुनै असर पर्दैन भनेर अभिव्यक्ति दिइरहेका बेला

नेपालका कूटनीतिज्ञ भने सम्बन्ध बिग्रिन्छ भन्ने अभिव्यक्ति दिइरहेकोप्रति रावलले आपत्ति जनाए । ‘हाम्रा कूटनीतिज्ञले सम्बन्ध बिग्रिन्छ भन्दैछन् । कूटनीति बुझेको हो कि फूटनीतिमात्रै बुझेको हो !,’ उनले भने ।प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई लेखेको पत्र नेपालको कूटनीति कसरी चलेको छ भन्ने कुराको ज्वलन्त नमूना भएको रावलको भनाइ थियो ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार