• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ २५ गते मंगलवार, यस्तो छ आजको राशिफल


२०७८ माघ २५ गते,मंगलवार८ फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, सप्तमी तिथि,८ः४५ बजेदेखि अष्टमी। भरणी नक्षत्र। चन्द्रराशि– मेष।वि.सं. माघ २५, २०७८ । ई.सं.
८ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर। मंगलबार माघ शुक्लपक्ष । तिथि- सप्तमी, ८:४५ बजे उप्रान्त अष्टमी । नक्षत्र- भरणी,

२३:३९ बजे उप्रान्त कृत्तिका । योग- शुक्ल, १९:३१ बजे उप्रान्त ब्रह्म । करण- वणिज ८:४५ बजेदेखि भद्रा, २१:२७ बजे उप्रान्त कौलव । चन्द्रराशि मेष । आनन्दादि योग मुसल । दिनमान २७।३० । सूर्योदय ६:४९ । सूर्यास्त १७:४९ । अचलासप्तमी, रथसप्तमी, मन्वादी, लगलाचुयके ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट पनि लाभ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । स्वादिष्ट भोजन पनि पाइनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पार्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार