• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

राप्रपा र राजतन्त्र दुवै छाडेको कमल थापाको घोसणा


मकवानपुर — राप्रपा परित्याग गरेका कमल थापाले अब सक्रिय राजतन्त्रको एजेन्डा बोकेर हिँड्न नसक्ने घोषणा गरेका छन् । मंगलबार गृह नगर हेटौंडा आएर थापाले
आफू निकटसँग अन्तक्रिया गर्दै थापाले भने,‘गत निर्वाचनमा प्रतिद्वन्द्वीहरुले भन्ने गरेका थिए । कमल दाइ एकदम ठीक छ । तर, सिनो बोकेर आउनुभएको छ।कसरी मतदान गर्ने ? अब

हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं ।’लामो समयदेखि राजा र हिन्दु धर्मको विषयलाई मूल मुद्दा बनाएर राजनीति गरिरहेका थापा नयाँ दल गठनको बाटोमा अघि बढेका छन् । थापाले आफ्नो पूर्वपार्टीमा राजाको सक्रिय हस्तक्षेपकै कारण अध्यक्षमा पराजित भएको दोहोर्‍याए । मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको सार्वजनिक समारोहमा बताइरहेका छन् ।थापाले राजासँग करिब दुई घन्टा लन्च मिटिङ गरेर अध्यक्षमा उम्मेदवारी दिने निधो गरेको जानकारी दिए । ‘राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ । उहाँले रेस्ट गर भन्नु भएको भए म उठ्दैन थिएँ । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’, उनले आफूलाई पछाडिबाट छुरा हान्ने काम राजाले गरेको समेत आरोप लगाए ।

कमल थापाले छाडे राप्रपा
हेटौंडा — कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् ।

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् ।पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार