• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीलाई भेट्न बालकोट पुगे शेखर कोइराला


नेपालीकांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।मंगलबार साँझ कोइराला बालकोट पुगेका उनी निकट एक नेताले जानकारी दिए । दुई नेताबीच के विषयमा कुराकानी भएको छ भन्ने खुलेको छैन ।

सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक सर्‍यो

काठमाडौँ — बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।

संसद् सचिवालय स्रोतका अनुसार सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न निर्देशन दिइसकेका छन् । संसद् सचिवालयले सूचना जारी गरेर अर्को बैठक फागुन २ गतेका लागि बोलाउने भएको छ ।प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका थिए । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको थिएन । एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ ।

मंगलबार मात्रै सभामुखको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । उक्त कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन ।

सम्भावित कार्यसूची जारी गरेपछि सभामुख सापकोटाले बुधबार बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । उक्त बैठकमा सरकारको तर्फबाट मन्त्री बडूले एमसीसी टेबुल गर्ने विषय राख्ने तयारी थियो । प्रधानमन्त्री देउवाले मंगलबार साँझ मन्त्री बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको हो ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार