• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ २७ गते बिहीवार, यस्तो छ आजको राशिफल


२०७८ माघ २७ गते, बिहीवार, १० फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, नवमी तिथि, १२ः०७ बजेदेखि दशमी। राेहिणी नक्षत्र। चन्द्रराशि– वृष। वि.सं. माघ २७, २०७८ । ई.सं. १० फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । बिहीबार माघ शुक्लपक्ष । तिथि- नवमी, १२:०७ बजे उप्रान्त दशमी । नक्षत्र- रोहिणी, २८:२२ बजे उप्रान्त मृगशिरा । योग- ऐन्द्र, २०:०३ बजे उप्रान्त वैधृति ।

करण- कौलव १२:०७ बजेदेखि तैतिल, २५:०९ बजे उप्रान्त भद्रा । चन्द्रराशि वृष । आनन्दादि योग उत्पात । दिनमान २७।३७ । सूर्योदय ६:४७ । सूर्यास्त १७:५० । द्रोणनवमी ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय निकै उत्साहजनक रहनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागिता भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । आँटेको काममा बाधा हुनेछ । नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । अधुरा कार्यहरू सम्पन्न हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप प्रत्यारोप आइपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । देखाएर अरूको मन लोभ्याउन सकिनेछ । पुँजी बजार तथा शेयर बजारबाट पनि लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तसँग रमणीय र सुखद् यात्राको योग छ । तीर्थाटनको योग पनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार