• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमसीसी सभामुखले रोक्न मिल्दैन, बहुमतले पास हुन्छ : कांग्रेस प्रवक्ता महत


काठमाडौँ सभामुखको काम नै सरकारले पठाएका विधेयकहरु सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनुहुन्न, प्रवेश नै नगराएपछि के हो, के हो भन्ने अन्य‍ोल बढ्यो, त्यसले यसलाई धेरैले अन्योलमा राख्नुहुन्न, संसद्‌मा छलफल गराउनुपर्छ’, महतले भने ।एमसीसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको महतले सुनाए।

उनले भने ‘एमसीसीको बारेमा पनि छलफल भएको छ । अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ । संसद्‌मा एमसीसी लानुपर्छ भन्ने निष्कर्ष रहेको छ ।’सत्ता गठबन्धनमा मतभेद कायम रहँदा एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेको छैन ।बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएको र रिक्त रहेकोमा के गर्ने भन्नेमा छलफल भएको प्रवक्ता महतले बताए । उनका अनुसार बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी सकिएको छ ।नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा बिहीबार बसेको बैठकपछि प्रवक्ता महतले सभामुखले आफ्नो दायित्व निर्वा गर्नुपर्ने र सरकारले पठाएका विधेयकहरु रोक्न नमिल्ने बताएका हुन् ।

बहुमतले पास हुन्छ
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताएका हुन् ।

‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ’, प्रवक्ता महतको भनाइ छ । उनले एमसीसीबारे फैलाइएको भ्रम पनि संसदबाटै चिरिने भन्दै आगामी संसद बैठकमा सरकारले एमसीसी टेबल गर्नुपर्छ भन्ने पार्टीको निश्कर्ष रहेको जानकारी दिए । ‘त्यसका लागि काँग्रेसले अन्य दलसँग पनि छलफल गरिरहेको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पास गर्छौ भन्नुभएको छ’, महतले सञ्चारकर्मीमाझ भने ।

साथै बिहीबारको बैठकमा स्थानीय निर्वाचनमा काँग्रेसलाई सशक्त बनाउने भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएकाले कहिले निर्वाचन गर्ने भन्नेबारेमा छलफल भएको छ । बिहीबारको बैठकमा सात आठ जनाले एमसीसीबारे धारणा राखेका थिए । बैठक शुक्रबार पनि बस्नेछ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार