• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ २८ गते शुक्रवार, यस्तो छ आजको राशिफल


२०७८ माघ २८ गते, शुक्रवार, ११ फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, दशमी तिथि, १४ः१३ बजेदेखि एकादशी। मृगशिरा नक्षत्र। चन्द्रराशि– वृष, १७ः४० बजेदेखि मिथुन।वि.सं. माघ २८, २०७८ । ई.सं. ११ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । शुक्रबार माघ शुक्लपक्ष । तिथि- दशमी, १४:१३

बजे उप्रान्त एकादशी । नक्षत्र- मृगशिरा, ३०:५९ बजे उप्रान्त आर्द्रा । योग- वैधृति, २०:३४ बजे उप्रान्त विष्कम्भ । करण- गर १४:१३ बजेदेखि वणिज, २७:१८ बजे उप्रान्त वालव । चन्द्रराशि वृष । आनन्दादि योग मानस । दिनमान २७।४१ । सूर्योदय ६:४७ । सूर्यास्त १७:५१ । शल्यदशमी, वैतडी गुजर वनारसीपूजा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिवारबाट सहयोग मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता पनि बढ्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहने र काममा सहजता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार