• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड र माधव नेपाललाई कामरेड भन्न मिल्दैन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रण्चड र माधवकुमार नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहार्ने गरेको भन्दै उनले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने तर्क गरेका हुन् ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा उनले भने, ‘कतिपय मान्छेहरू भुलवशले प्रचण्ड कामरेड, माधव कामरेड भन्छन् । के का कामरेड नि ? शेरबहादुर देउवाभन्दा अगाडि अगाडि शेरबहादुर देउवाको ढोकामा पस्न पाइदैन । ढोकामा त यिनीहरू बसेका छन् नि ।… कामरेड–सामरेड सबै गुटमुट्याएर एकैठाउँ राखिदिनुपर्छ, आगामी चुनावबाट ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाबाहेक कांग्रेस नेताहरूले चुनावमा गठबन्धन नगर्ने भन्दा पनि प्रचण्ड र नेपालले त्यसैलाई निरन्तरता दिने भनिरहेको सुन्दा अचम्म लागेको टिप्पणी गरे । ‘नेपाली कांग्रेसको शेरबहादुर देउवाबाहेक प्रायः हामी संयुक्त चुनावमा जाँदैनौं, गठबन्धन हुँदैन भनेर कांग्रेसका नेताहरू भन्छन । तिनीहरूले हात नदिए हामी कसरी हिँड्ने ? हामी त गठबन्धन छोड्न सक्दैनौं चुनावसम्मै यो गठबन्धन चाहिन्छ भनेर बामपन्थी खोल ओढेकाहरू कुरा गरिरहन्छन्’ उनले भने ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार