• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ २९ गते शनिवार, यस्तो छ आजको राशिफल


२०७८ माघ २९ गते, शनिवार, १२ फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, एकादशी तिथि, १६ः२३ बजेदेखि द्वादशी। मृगशिरा नक्षत्र, ६ः५९ बजेदेखि आर्द्रा। चन्द्रराशि– मिथुन।वि.सं. माघ २९, २०७८ । ई.सं. १२ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण, शिशिर । शनिबार माघ शुक्लपक्ष । तिथि- एकादशी, १६:२३ बजे उप्रान्त द्वादशी । नक्षत्र- मृगशिरा, ६:५९ बजे उप्रान्त आर्द्रा ।

योग- विष्कम्भ, २१:०७ बजे उप्रान्त प्रीति । करण- भद्रा १६:२३ बजेदेखि वव, २९:२६ बजे उप्रान्त कौलव । चन्द्रराशि- मिथुन । आनन्दादि योग वज्र । दिनमान २७।४५ । सूर्योदय ६:४६ । सूर्यास्त १७:५२ । भीमा एकादशीव्रत, देवघाटमा मक्कर स्नान समाप्ति ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । साथीबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार