• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन १ गते आइतवार, यस्तो छ आजको राशिफल


२०७८ फागुन १ गते, आइतवार,१३ फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, द्वादशी तिथि, १८ः२६ बजेदेखि त्रयाेदशी। आर्द्रा नक्षत्र, ९ः३३ बजेदेखि पुनर्वशु। चन्द्रराशि– मिथुन।
वि.सं. फागुन ०१, २०७८ । ई.सं. १३ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । आइतबार माघ शुक्लपक्ष । तिथि- द्वादशी,

१८:२६ बजे उप्रान्त त्रयोदशी । नक्षत्र- आर्द्रा, ९:३३ बजे उप्रान्त पुनर्वशु । योग- प्रीति, २१:३३ बजे उप्रान्त आयुष्मान् । करण- वालव १८:२६ बजेदेखि कौलव, ३१:२२ बजे उप्रान्त गर । चन्द्रराशि मिथुन । आनन्दादि योग ध्वांक्ष । दिनमान २७।४८ । सूर्योदय ६:४५ । सूर्यास्त १७:५२ । फागुन संक्रान्ति, त्रिपुष्कर ९:३३ उ. १८:२६प., भीष्मद्वादशी, वटुमाघयात्रा,सन्याडुली ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सफल यात्रा हुनेछ । परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा पनि फाइदा मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रवल छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्न लागेको काम बिग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफन्त सँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार