• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रचण्डले सभामुखलाई हत्याकाण्डबाट जोगाउन, देउवाले सरकार र माधवले पाटी जोगाउन महाभियोग को खेल खेले


काठमाडौं । (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानन्याधीशलाई हटाउनु पर्ने बेलामा चुप बसेका पार्टी तथा नेताहरुले अहिले विभिन्न स्वार्थ पूर्तिका लागि महाभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

राप्रपा नेपालको अध्यक्ष बनेकै भोलिपल्ट थापाले ट्वीट गर्दै सत्ता गठबन्धनका दलहरुले आफ्नो स्वार्थका लागि महाभियोग दर्ता गरेको उनले आरोप लगाएका छन् ।

थापाले अहिले महाभियोग प्रस्ताव ल्याउनु गठबनधनको गैरजिम्मेवारीपन र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना भएको टिप्पणीसमेत गरेका छन् ।

उनले काँग्रेस एमसीसी पास गर्न, माओवादी सभामुखलाई हत्या प्रकणबाट जोगाउन र नेकपा एकीकृत समाजवादी आफ्नो सांसदको पद जोगाउनका लागि महाभियोग दर्ता गरेको उल्लेख गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘प्रधानन्यायाधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सासंद पद जोगाउने प्रपंचमा प्रधानन्ययाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो।’

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार