• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमसीसी संसद्‍मा टेबल गरौं, सार्वभौम सांसद्‍ले निर्णय गर्छन् : ओली


काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी लाई संसदमा लगेर टुगोंमा पुर्‍याउनुपर्ने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले
एमसीसी लाई जनताको सार्व भौम संसदमा लगेर टुगोंमा पुर्‍याउनुपर्ने दोहोर्‍याएका हुन्। ‘हामी ले सरकारमा रहँदा संसदमा एमसीसी पेश गरौं भनेका थियौं। संसदलेनै निर्णय गर्छ। संसद मा

हामीले छानेर पठाएका जनप्रनिधिहरु छन्। निर्णय गर्ने ठाउँमा त पुर्‍याइदिऔं।’उनले भने, ‘तर, उनीहरुले संसदमा पुर्‍याउन सकेनन्। अहिले पनि निर्णय गर्ने ठाउँमा पुर्‍याउन सकेका छैनन्। बाहिर बुरुक्क-बुरुक्क उफ्रिन्छन्। संसदमा नपुर्‍याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ?‘अन्तर्राष्ट्रिय सम्बन्धको कुरा गर्दा ५ वर्ष अघि यिनीहरु(गठबन्धन)ले एमसीसी सम्झौता गरे। एमसीसीमा ५ वर्ष अगाडि अहिले सरकारमा जो छ उनीहरुले नै सम्झौता गरे। एमसीसीलाई ठगी खाने भाँडो बनाउँदैछन्। चुनावपछि एमालेको सरकार बन्यो। एमसीसी पास गर्नुहुँदैन एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौ भनेर पर सार्दै, सार्दै सार्दै लगे।’ ओलीले भने, ‘अब अहिले अन्तर्राष्ट्रिय सम्बन्ध , नेपालको विदेश सम्बन्धलाई तहसनहस पारेका छन्।’

सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनायो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको आरोप लगाएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले सरकारले एमसीसीबारे निर्णय नगर्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको बताएका छन्।उनले भने, ‘एमसीसीलाई गठबन्धनले ठगी खाने भाँडो बनाउँदैछन्। एमसीसी पर सार्दैछन्। संसदमा पेश गर्नै सक्दैनन्। निर्णय गर्ने ठाउँमा त पुर्‍याउनुपर्‍योनी।’ ओलीले जनताका जनप्रतिनिधिले संसदमा छलफल गरेर निर्णयमा पुर्‍याउने स्पष्ट पारे। उनले देश चरम आर्थिक संकटमा परेको बताए। ओलीले भने, ‘सरकार ज्यूदैं त छ तर, चलिरहेको छैन।’

गठबन्धनलाई पानीमुनिबाट निकालेर भएपनि ठेगान लगाइन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले काम गर्न नसकेको दाबी गरेका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा ओलीले वर्तमान सरकारले काम नगरेको भन्दै देश चरम आर्थिक संकटमा परेको बताएका हुन्।वर्तमान सरकार चलिरहेको छैन। सरकार ज्यूदैं छ तर, काम गरिरहेको छैन। गठबन्धनले हाम्राविरुद्ध कुप्रचार गरिरह्यो।’ उनले भने, ‘अहिले उसलाई कुप्रचार गर्ने पनि फुर्सद छैन। आफ्नै आन्तरिक किचलोमा रुमलिएको छ।’

ओलीले अहिलेको सत्तागठबन्धनमा आबद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिए। ओलीले अहिलेको सत्तारुढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको दाबी गरे। उनले भने, ‘यो स्वार्थी गठबन्धनलाई पानीमुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ। चुनाव आउनुपर्छ, बढीमा एक वर्ष हो यिनीहरुको आयु। ’अख्तियारमा उजुरी परेकोप्रति आक्रोस पोख्दै ओलीले भने,‘कुख्यात भ्रष्टाचारीको सरकार छ, तिनका मान्छेहरू मेराविरुद्ध उजुरी लिएर अख्तियार पुगेका छन्।’
ओलीले एमालेको सरकार बनेपछि फेरि देशमा समृद्धिको लहर आउने स्पष्ट पारे।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार