• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन १० गते मंगलवार, यस्तो छ आजको राशिफल


२०७८ फागुन १० गते, मंगलवार, २२ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष षष्ठी तिथि,१७ः५७ बजेपछि सप्तमी। स्वाती नक्षत्र,१५ः१७ बजेदेखि विशाखा। चन्द्रराशि– तुला।
वि.सं. फागुन १०, २०७८ । ई.सं. २२ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । मंगलबार, फाल्गुण कृष्णपक्ष । तिथि- षष्ठी,

१७:५७ बजे उप्रान्त सप्तमी । नक्षत्र- स्वाती, १५:१७ बजे उप्रान्त विशाखा । योग- वृद्धि, १०:५१ बजे उप्रान्त ध्रुव । करण- गर ६:५३ बजेदेखि वणिज, १७:५७ बजे उप्रान्त कौलव । चन्द्रराशि तुला । आनन्दादि योग ध्वज । दिनमान २८।२३ । सूर्योदय ६:३७ । सूर्यास्त १७:५९ । त्रिपुष्कर १७:५७ उ., गुरु अस्त ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । लगानीमा रहेको रकम फिर्ता पनि आउनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । सेयरबजारका कारोबारबाट लाभ पनि मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज दैनिक कार्यमा प्रगति हुनेछ । प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्नेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नयाँ योजना पनि अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज निर्णय कार्यान्वयन हुन सक्दैन । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन भावुक र उत्ताउलो बन्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार