• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पल शाहको तीव्र खोजीमा प्रहरी, अन्तिम मोवाइल लोकेशन मनोहरा खोला आसपास


काठमाडौं बुधबार जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । पलबिरुद्ध एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।उक्त उजुरीपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर देशभरका प्रहरीलाई सर्कुलर

गरिएको छ । यद्यपि पल पक्राउ पर्न सकिरहेका छैनन् ।विशेषगरी उनको खोजीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र महानगरीय अपराध महाशाखाले लागी परेको छ । उजुरीपछि उनलाई प्रहरीले खोजी थालेको समाचारहरु बाहिरिएसँगै उनी आफू बस्दै आएको क्षेत्र शान्तिनगरमा छैनन् ।प्रहरीका अनुसार यतिबेला उनको मोवाइल लोकशनको आधारमा उनको खोजी तीव्र पारिएको छ । सो क्रममा उनको अन्तिम मोवाइल लोकेशन कोटेश्वर र ग्वार्को बीचको क्षेत्र बालकुमारी भइको पाइएको छ । बालकुमारी नजिकै मनोहरा खोला नजिकबाट उनको मोवाइल स्वीच अफ गरिएकोले लोकेशन ट्रयाक हुननसकेको प्रहरीको भनाइ छ ।

उनले प्रयोग गर्दै आएको कुनैपनि मोवाइल नम्बर अन नभएको प्रहरीको भनाइ छ । ‘बुधबार राति साढे १० बजे बालकुमारी सम्म उनको मोवाइल अन छ । उक्त समयमा उनले मोवाइल अन गरेका थिए । त्यसयता उनको आफूले प्रयोग गर्दै आएको मोवाइल र नम्बर अफ राखेका छन्,’ प्रहरीले भन्यो ।

उनको खोजीका लागि मोवाइल लोकशन फलो गरेको भएपनि प्रहरीले उनलाई भेट्न सकिरहेको छैन । पलले बिहीबार आफूले अपराध गरेको प्रमाणित भए कानूनी सजाय भोग्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।

उनले आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै केही तथ्यहरुसमेत फेशबुकमा पेस गरेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार