• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

हतियारसहित हिँड्छन् गाउँपालिका अध्यक्ष


सुर्खेतजाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत गाउँमा हतियारसहित हिँडडुल गरेपछि स्थानीय त्रसित भएकाछन्।आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् ।अध्यक्षा बस्नेतले

पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताए ।‘बन्दुक मेरो हो तर बोक्ने मान्छे म होइन । मेरो साथी हो । म बाइक चलाउनै जान्दिन’ उनले भने, ‘त्यो फोटो कसले पछाडिबाट खिचेछ । सार्वजनिक कार्यक्रमको फोटो होइन ।’

अध्यक्ष बस्नेतले आफ्नो गाडी अन्यत्र जाने भएपछि साथीलाई बन्दुक घर पु¥याइदिन आग्रह गरेको बताए । उनले आफूसँग बन्दुकको लाइसेन्स भएको पनि बताएका छन् ।अध्यक्ष बस्नेत बन्दुक बोकेर गाउँ डुलेको जानकारी जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पनि पाएका छन् । उनले आफूले अध्यक्ष बस्नेतसँग यस विषयमा कुराकानी भएको बताए ।

‘अध्यक्षज्यूसँग मेरो भर्खरै कुरा भयो, उहाँले बोकेको बन्दुक लाइसेन्स प्राप्त रहेछ’ प्रजिअ शाहीले भने, ‘लाइसेन्स भएका बन्दुक पनि कहाँ बोक्न पाइने कहाँ नपाइने सीमित क्षेत्रमा हुन्छ । सार्वजनिक रुपमा बोकेर हिँड्न मिल्दैन ।’

प्रमुख जिल्ला अधिकारी शाहीले हतियार बोकेर गाउँमा हिँडेको विषयमा थप बुझ्न प्रहरीलाई निर्देशन दिएको बताए । अध्यक्ष बस्नेतले सुरक्षा जोखिम भएर हतियार बोकेको बारे आफूलाई जानकारी नभएको प्रजिअ शाहीले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार