• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

माओवादीमा थपिए केन्द्रीय सदस्य : प्रचण्डका छोरीज्वाइँ, पीएदेखि रामनारायण विडारीसम्म


काठमाडौंनेकपा माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य थप गरिएकोछ।जिल्ला र प्रदेश कमिटीको सिफारिस तथा मनोनीत गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी केन्द्रीय समिति बैठकमा ९७ जनाको नाम प्रस्तुत गरेकाछन्।प्रस्तुत नाममा अध्यक्ष दाहालका छोरी,ज्वाइँ, स्वकीय सचिव (पीए)देखि राष्ट्रियसभा

सदस्यको कार्यकाल पूरा गरी हालै बाहिरिएका रामनारायण विडारीसम्म छन्। खसआर्य महिलाअन्तर्गत बागमतीबाट छोरी गंगा दाहाल केन्द्रीय समितिमा समेटिएकी छन्। खसआर्य युवाअन्तर्गत प्रदेश १ बाट ज्वाइँ जीवन आचार्य चुनिएका छन्।यसअघि प्रचण्डले जेठी छोरी चितवन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई केन्द्रीय सदस्य बनाइसकेका छन् भने केही नेताहरुको दम्पती नै केन्द्रीय समितिमा अटाएका थिए। त्यसैगरी आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा अध्यक्ष दाहालले बुहारी बिना मगर र भाई नारायण दाहाललाई पनि केन्द्रीय सदस्य बनाएका थिए।

यसपालि प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई खसआर्य युवातर्फ गण्डकीबाट सूचीमा राखिएको छ। वाईसीएल अध्यक्ष सुमन देवकोटा, माओवादी उपत्यका विशेष प्रदेश सचिव एवं राष्ट्रिय युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत परेका छन्।

खस आर्य पुरुषबाट रामनारायण विडारी परेका छन्। जनजाति पुरुषतर्फ अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जीत तामाङ केन्द्रीय समितिमा समेटिएका छन्।अध्यक्षले प्रस्तुत गरेका खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामलाई केन्द्रीय समितिले पारित गरेपछि केन्द्रीय सदस्यहरु चयन हुनेछन्।

यससँगै माओवादी केन्द्रीय समिति ३४३ सदस्यीय बनेको छ। यसअघि पुसमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार