• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न असफल माओवादी


पार्टीकामहत्वपूर्ण अंग मानिने कमिटीहरु गठन गर्न नेकपा माओवादी केन्द्र असफल भएको छ । गत पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएकोथियो।महाधिवेशनलगत्तै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल‘प्रचण्ड’लाई चयन गरेपनि उपाध्यक्ष, महासचिव, सचिव

लगायतका बाँकी १४ पदाधिकारी चयन गर्न असफल भएको हो । शुक्रबारबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय पदाधिकारी चयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहेपनि अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै बैठक समापन गर्ने तयारी गरेका छन् ।सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते बस्ने बैठकबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । अध्यक्ष प्रचण्डले चुनाव नजिकिएकाले पदाधिकारी र कमिटी गठन गर्न अझै छलफल आवश्यक भएको भन्दै ती कमिटीहरु पछि बनाउन उपयुक्त हुने धारणा राखेका थिए ।

केन्द्रीय समिति सदस्यको नाममा विवाद
नेकपा माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन गरिने भएको छ । पार्टी स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने भएपछि तत्कालका लागि पदाधिकारी चयन नगर्ने तर कार्यविभाजन गरेर जाने केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले हाललाई नेताहरुको कार्यविभाजन गरेर जाने निर्णय भएको रातोपाटीलाई बताए । तर, पदाधिकारी, पोलिटब्युरो, तथा स्थायी कमिटी गठन आगामी जेठ २० मा बोलाइएको केन्द्रीय समितिको बैठकबाट गरिनेछ । हाललाई माओवादीको केन्द्रीय समिति ३४४ जनाको हुनेछ भने जसमध्ये २९७ जनाको नामावली टुंगो लागेको छ ।

यसअघि प्रचण्डले वैकल्पिकसहित थप ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए । सो नाममा विवाद भएपछि हाललाई २९७ जनाको नाममात्र टुंगो लगाएर बाँकीलाई वैकल्पिकमा समेट्ने र अरु नाम पछि टुंग्याउने छ । नेताहरुका अनुसार ८५ जना वैकल्पिक केन्द्रीय सदस्य बनाउने तय भएको छ । प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए ।

कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव गर्दै प्रचण्डले जसअनुसार ८५ जना मनोनयन हुने बताएको ती नेताको भनाइ छ । जसअनुसार केही मनोनित भइसकेको र बाँकी विभिन्न तहको कमिटीबाट आउने सिफारिसका आधारमा मनोनयन गरिनेछ ।प्रचण्डका अनुसार केन्द्रीय समिति जम्बो बनाउन नसकिने भएकाले नै वैकल्पिकको व्यवस्था गरिने बताएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार