• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन २६ गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ फागुन २६ गते, बिहीवार१० मार्च २०२२। फाल्गुण शुक्लपक्ष, अष्टमी तिथि। राेहिणी नक्षत्र, ११ः३३ बजेदेखि मृगशिरा। चन्द्रराशि– वृष।वि.सं. फागुन २६, २०७८ । ई.सं. १० मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । बिहीबार फाल्गुण शुक्लपक्ष । तिथि- अष्टमी, २९:०२ बजे उप्रान्त नवमी । नक्षत्र-

रोहिणी, ११:३३ बजे उप्रान्त मृगशिरा । योग- प्रीति, २६:१३ बजे उप्रान्त आयुष्मान् । करण- भद्रा १५:५९ बजेदेखि वव, २९:०२ बजे उप्रान्त कौलव । चन्द्रराशि वृष । आनन्दादि योग उत्पात । दिनमान २९।२८ । सूर्योदय ६:२१ । सूर्यास्त १८:०९ । अष्टमीव्रत, गोरखकालीपूजा, चिरोत्थानम, होलिकारम्भ (चिरस्वाय) ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्थान परिवर्तनका विशेष योग देखिन्छन् । मनोरञ्जनमा सहभागी भइएला । रोकिएको धन हात पर्नेछ, तर साँझमा पैसा खर्च हुने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा दुबिधा पनि उत्पन्न हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ । । सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार