• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

एमाले प्रवेश गर्ने करिश्माको तयारी, काठमाडौंको मेयर बन्ने राजेश हमालको इच्छा !


काठमाडौं : नायिका करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छन्। एमाले प्रवेशका लागि मानन्धरले विहीवार अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर अनुरोध गरेकी छन्।उनले भनिन्, ‘म एमाले प्रवेश गर्ने सोचिराख्या थिए। कुराहरु पनि भइरहेको थियो। आज भेट भएर आफ्ना कुरा राखे। अध्यक्षज्यूसँग म एमालेमा आबद्ध हुन चाहन्छु

भने। उहाँले अहिलेको कन्डिसनमा हामीसँग आवद्ध हुन सक्नुहुन्छ भन्नुभयो। कुन दिन गर्ने के गर्ने भन्ने आगामी दिनमा निर्णय गर्छौं।’करिश्मासँगै बालकोट पुगेकी एमाले सांसद गंगा चौधरी सत्गौवाले भेटमा समसामयिक विषयमा कुरा भएको बताइन्। उनले भनिन्, ‘करिश्माजीले भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो। त्यहीअनुसार भेट भएको हो। केही दिनमै परिणाम देखिन्छ।’उनकाअनुसार औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेशको तयारी रहेको छ। यसअघि करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य थिइन्। पछि उनी सो पार्टीमा क्रियाशील रहिनन्।

काठमाडौंको मेयर बन्ने राजेश हमालको इच्छा !

अभिनेता राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन्।देशको राजधानी भएको शहरलाई सौन्दर्यकरण गर्न र सफासुन्दर बनाउन कसैको ध्यान नपुगेको भन्दै उनमा मेयर बन्ने इच्छा जागेको हो।महानगर नेतृत्वमा आउनेहरुले भाषणमा शहरलाई व्यवस्थित र नमूना बनाउने भने पनि व्यवहारमा भने काम नगरेको टिप्पणी गर्दै हमालले शहर सुन्दर बनाउन एकपटक आफूले मेयर बन्दा ठिक हुन्छ भन्ने लागेको उल्लेख गरेका छन्।

‘शहरलाई ब्युटीफाई गर्ने भन्ने कुरामा कसैको ध्यान गएन। भाषणमा भनिरहेका हुन्छन्। प्राक्टिकल्ली गर्न, सोंच नपुगेर हो कि ढंग नपुगेर हो ?’ उनले जिज्ञाशा राख्दै भनेका छन्, ‘एकचोटी काठमाडौं शहरको मेयर बन्नुपर्छ कि के हो? आखिर प्रयास नै सफलता हो।’

राजेश हमाल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक ‘अ डे विथ राजेश हमाल’ भ्लगको ट्रेलरमा हमालले मेयरको चर्चा गरेका हुन्।वैशाख ३० को स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा यसअघि र्‍यापर तथा इन्जिनियर बालन शाहले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरिसकेका छन्।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार