• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ फागुन २८ गते शनिवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ फागुन २८ गते, शनिवार१२ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, नवमी तिथि, प्रातः ७ः१० बजेदेखि दशमी। आर्द्रा नक्षत्र,१६ः४५ बजेदेखि पुनर्वशु। चन्द्रराशि– मिथुन।
वि.सं. फागुन २८, २०७८ । ई.सं. १२ मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । शनिबार फाल्गुण शुक्लपक्ष । तिथि- नवमी, ७:१०

बजे उप्रान्त दशमी । नक्षत्र- आर्द्रा, १६:४५ बजे उप्रान्त पुनर्वशु । योग- सौभाग्य, २७:१८ बजे उप्रान्त शोभन । करण- कौलव ७:१० बजेदेखि तैतिल, २०:१२ बजे उप्रान्त भद्रा । चन्द्रराशि मिथुन । आनन्दादि योग मुद्गर । दिनमान २९।३७ । सूर्योदय ६:१९ । सूर्यास्त १८:१० ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार पनि सुन्नमा आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लगनशीलताले कामहरू सहजै अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । अधुरा कार्यहरू पुरा हुनसक्छन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मानसिक चिन्ता बढ्नसक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्नसक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ तथा शुभ समाचार सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार