• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रकाश सपुतको ‘पीर’ ले माओवादीलाई पिरोल्यो, माफी मागेर यूट्युवबाट हटाउन चेतावनी


काठमाडौं । गायक प्रकाश सपुत को भरखरै सार्वजनिक भएको ‘पीर’ बोल को गीत विवादीत बनेको छ ।माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् ।गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने

महिला छापामारको अभावलाई देह व्यापारमा लगेको जसरी चित्रण हुनु दण्डनिय भएको बताएका छन् ।उनले भनेका छन्, ‘पीर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले ञदेह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ । ’उनले अभाव, निराश र गरिब महिलाहरुले देह व्यापार नै गर्छन ? भनेर समपुतलाई प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार