• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

अध्यक्ष पदबाट राजीनामा दिने प्रचण्डको घोसणा !


काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र एमसीसी फेल भए आफूले अध्यक्ष पदबाट राजीनामा दिने बताएका छन्।संसदबाट पास भइसकेको एमसीसीबारे माओवादीभित्र मतभेद कायमै छ । उक्त विषयबारे आगामी स्थानीय तहको चुनावपछि थप छलफल हुने र सो क्रममा पार्टीभित्र एमसीसी पास गर्ने

निर्णय फेल भए आफू अध्यक्ष पदमा नबस्ने बताएका हुन् ।पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीबारे सकेसम्म पार्टीभित्र एकैमत बनाउने प्रयास भइरहेको बताए । उनले भने, ‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल गर्छौं । यदि पार्टीभित्र फेल भयो भने म नैतिकताका आधारमा राजीनामा दिन्छु, ढुक्क हुनुहोला ।’उनले एमसीसीबारेको व्याख्यात्मक घोषणाको विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि थप छलफल गरेर निर्णय लिइने बताए । साथै व्याख्यात्मक घोषणाको उचित सम्मानसहित कार्यान्वयन नभएमा फेरि आफूहरु आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।तत्काल अब स्थानीय तहको चुनावमा केन्द्रित हुने भन्दै प्रचण्डले तल्लो तचहसम्मै तालमेल भएसम्म गठबन्धन बनाएरै चुनाव लड्ने समेत उनले बताए ।

युक्रेनको मेलिटोपोलमा रुसद्वारा नयाँ मेयर नियुक्त, राजधानी किभमा सेनाको घेराबन्दी

एजेन्सी ।रुसले युक्रेनी शहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरेको छ । मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ ।स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगरका सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताएको बीबीसीले जनाएको छ ।

उनले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेको भन्दै चरमपन्थी काममा भाग नलिन आग्रह गरेका छन् ।रूसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रुस ‘आतङ्कको नयाँ चरणमा’ अघि बढेको आरोप लगाएका छन् ।यसैबीच रुसी सेनाले युक्रेनको राजधानी किभलाई घेराबन्दीमा पारेका छन् ।

२५ किलोमिटर भन्दा नजिकबाट रुसी सेनाहरुले सानो सानो समूह बनाएर किएभलाई घेरा हालेर आक्रमण गरिरहेको जनाइको छ ।राष्ट्रपति जेलेन्स्कीले रुसको आक्रमणबाट अहिलेसम्म एक हजार तीन सय युक्रेनी सेनाको ज्यान गएको जानकारी दिएका छन् । जेलेन्स्कीलेले पत्रकार सम्मेलन गरेर झण्डै ६ सय रुसी सेनाले आत्मसमर्पण गरेको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार