• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

‘राति गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ’


काठमाडौंकलाकार पल शाहले आफूबिरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको वयान दिएकाछन्।नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयानका क्रममा जवरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएकोछ।स्रोतका अनुसार पलले सरकारी वकिलसामु बयानका क्रममा

भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेँ । तर जबरजस्ती गरिन।’‘ती गायिका र मेरो कोठा चाही नजिकै थियो । १०१ नम्बर कोठामा म थिएँ । र, गायिका १०२ नम्बर बसेकी थिइन् । होटाल सुटिङ युनिटले बुक गरेका हुन् । को को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ उनको भनाइ उदृत गदै प्रहरी स्रोतले जनायो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक नाबालिग महिलाले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएकी थिइन् । ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैडाकोटमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट पल शाहलालाई गैडाकोटमा ल्याइएको थियो । गैडाकोटमा संकलित प्रमाण र वयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार