• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

बाबुराम र बादलको कारण माओवादी केन्द्रको सबैथोक गयो : प्रचण्ड


काठमाडौं । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भविष्य, विदेशी शक्ति र चुनाव केन्द्रित रहेर कार्यकर्तामाझ आफ्नो धारणा राखे ।आगामी हुने तीनै तहको चुनाव माओवादीले नजिते जनक्रान्तिका उपलब्धि खतरामा पर्ने, लोकतन्त्रले हार्ने र

समग्र राष्ट्रले हार व्यहोर्ने उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरुलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ । ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धी हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’अध्यक्ष प्रचण्डले चुनावको ब्याटललाई सामान्य ढंगले नलिन पनि आग्रह गरेका छन् । माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिपरेको पनि अध्यक्ष प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले चुनावी ब्याटललाई सामान्य ढंगले नलिन पनि कार्यकर्तालाई निर्देशन दिए । ‘निर्वाचनको ब्याटललाई सामान्य रुपमा नलिनुहोला,’ अध्यक्ष प्रचण्डले भने ।अध्यक्ष प्रचण्डले तत्कालीन सेनापति रुक्मांगद कटवाललाई चलाउँदा माओवादी सरकारले धेरै थोक गुमाएको पनि बताए । उनले कटवाललाई हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको पनि खुलाए ।

तीन महिने कार्यकाल सकेर बिदा हुन लागेका कटवाललाई चलाउँदा माओवादीले धेरै थोक गुमाउनुपरेको प्रचण्डको भनाइ थियो । उनका अनुसार आफू उदारवादी हुँदा सरकार र राष्ट्रपति सबै गयो । उनले भने, ‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन् ।

म अली उदार मान्छे । दायाँ बाबुराम छन् बायाँ बादल छन् । बडो क्रान्तिकारी भएर तीन महिनापछि जान लागेको रुक्मांगद कटलाललाई हटाउँदा सरकार, राष्ट्रपति सबै गयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार