• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ


नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले अज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

बढाएको हो।निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको निगमले जनाएको छ। खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

प्रचण्डको गृहजिल्लामा रेखा थापा राप्रपाको चुनावी कमाण्डर, झापाको जिम्मा विक्रम पाण्डेलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको निर्वाचन तयारीका लागि देशभर केन्द्रीय प्रतिनिधि खटाएको छ।बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उम्मेदवार छनोट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको चुनावी कमाण्डर अभिनेत्री रेखा थापालाई तोकेको छ। केन्द्रीय सदस्यसमेत रहेकी थापाले चितवनको कमाण्ड सम्हाल्दै चुनावी प्रचारमा होमिने छिन्।त्यसैगरी एमाले अध्यक्ष केपी ओली एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको जिम्मेवारी उपाध्यक्ष विक्रम पाण्डेलाई दिइएको छ। चितवनमा प्रचण्डलाई चुनौती दिने पाण्डेले ओलीको प्रभाव रहेको झापामा राप्रपाको पक्षमा माहोल सिर्जना गर्नेछन्।प्रवक्ता ज्ञानेन्द्र शाही कालिकोटमा खटिनेछन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रेम बलायरलाई खटाइएको छ। माधव नेपालको गृहजिल्ला रौतहटमा रामप्रताप साह (भोला)लाई खटाइएको छ।

स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जनजागरण, आफ्नो टोलमा पुगौं, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम सञ्चालन गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।उनकाअनुसार चैत २८ गते देशका सबै जिल्लाका सदरमुकाममा एकैदिन जनताको माझमा राप्रपा, घरदैलो अभियानको शुभारम्भ गरिनेछ। जिल्लाका सदरमुकाममा गरिने शुभारम्भ कार्यक्रम गर्दा साना ठूला आमसभा, कोणसभा गरिनेछ।

जिल्ला खटाइएका केन्द्रीय प्रतिनिधि :
विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ्ग उदयपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, अर्जुन राई ओखलढुङ्गा, राम थापा मोरङ्ग, भक्ति प्रसाद सिटौला इलाम, गोपाल प्रसाद पौडेल पाँचथर, हरि प्रसाद घिमिरे तेह्रथुम, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हाद प्रसाद साह सुनसरी, पदम बहादुर तामाङ भोजपुर, दिनेश कुमार साह संखुवासभा, मोहन प्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही, विरेन्द्र प्रसाद लाल कर्ण सिराह, राजनारायण प्रसाद साह पर्सा, किशोर बहादु कार्की बारा, बुद्धिमान तामाङ नुवाकोट, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकास रिमाल धादिङ्ग, विक्रम बहादुर थापा ललितपुर, रविन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दिपक कुमार राई रसुवा, भरत प्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरुङ्ग मकवानपुर,

प्रविण कुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा, मोहन श्रेष्ठ तनहुँ, भिम प्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरुङ्ग कास्की, हिक्मतजंग कार्की अर्घाखाँची, ध्रुब बहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदिप कुमार उदय कपिलवस्तु, मेनुका खाँड के.सी. स्याङजा, प्रेम बहादुर भण्डारी बर्दिया, डा. धवल शम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धन बहादुर बुढा जुम्ला, ज्ञानेन्द्र शाही कालिकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्ती कुमारी शाही सुर्खेत, धनसुर शाही जाजरकोट, जनक बहादुर सिंह रुकुम पश्चिम, धर्मराज जोशी कैलालाी,

जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्ण बहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खडका सिन्धुली, उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्लान, मिना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुब बहादुर प्रधान रुपन्देही, भरत चन्द पाल्पा, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ, भुजुङ गुरुङ्ग मनाङ ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार