• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत ४ गते शुक्रवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत ४ गते, शुक्रवार१८ मार्च २०२२। फाल्गुण शुक्लपक्ष पूर्णिमा तिथि, १३ः१९ बजेदेखि चैत्र कृष्ण प्रतिपदा। उत्तरफाल्गुनी नक्षत्र।चन्द्रराशि– सिंह, ७ः०४ बजेपछि कन्या।वि.सं. चैत ४, २०७८ । ई.सं. १८ मार्च २०२२ । शक संवत् १९४३ ।नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण वसन्त । शुक्रबार फाल्गुण शुक्लपक्ष । तिथि- पूर्णिमा, १३:१९

बजे उप्रान्त प्रतिपदा । नक्षत्र- उत्तरफाल्गुनी, २५:१२ बजे उप्रान्त हस्त । योग- गण्ड, २४:१३ बजे उप्रान्त वृद्धि । करण- वव १३:१९ बजेदेखि वालव, २५:०३ बजे उप्रान्त गर । चन्द्रराशि सिंह । आनन्दादि योग शुभ । दिनमान ३०।०१ । सूर्योदय ६:१३ । सूर्यास्त १८:१३ । फागुपूर्णिमा, मन्वादि:, होलोपुन्हि, तराईमा होली ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आकस्मिक यात्राको अवसर आउन सक्छ र यात्राबाट लाभ नै मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन पनि सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार