• २०८१ भाद्र २६ गते बुधवार
  • Preeti To Unicode

पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग


काठमाडौंअभिनेता पल शाहको दुईवटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय,नवलपुर पूर्वले अदालतसमक्ष माग गरेकोछ। जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार शाहको ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ छ ।‘उक्त रकम मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम (११) (५) बमोजिम कोही कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरी पाउन अनुरोध छ’ अभियोग पत्रमा भनिएको छ ।शाहबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको रकम सोही ऐनको दफा ४१ (५) अनुसार पीडित राहत कोषमा जम्मा गरी पाउने व्यवस्था गर्न पनि भनिएको छ ।

शाहले विवाह गर्ने प्रलोभनमा २०७७ चैत ७ र ८ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको निष्कर्षसहित सरकारी वकिलले बिहीबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
हेर्नुस् अभियोग पत्रको अंशः

कांग्रेस नेतालाई पुनको चेतावनी : सत्ताबाट सडकमा पुर्‍याउन सक्छौं

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन् । तर कांग्रेस नेताहरुमा उन्माद देखिएको भन्दै उनले फेरि सत्ताबाट सडकमा पुर्‍याउन सक्ने बताएका छन् ।

माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत नहेप्न चेतावनी दिए ।कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्,’ पुनले भने, ‘हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ । कांग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’

उनले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए ।केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न र आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने÷के नबोल्नेबारे विचार गर्न आग्रह गरे ।‘सत्ता उन्मादले केपी केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’

सम्बोधनका क्रममा नेता पुनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी समेच गरे । स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको बताए ।प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादनका आधारमा घोषणा गरेको पाँच उत्कृष्ट पालिकामध्ये पहिलो, तेश्रो र पाचौं माओवादी केन्द्रले नेतृत्व गरेका भएको उनले सुनाए ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार