• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत ५ गते शनिवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत ५ गते, शनिवार, १९ मार्च २०२२। चैत्र कृष्णपक्ष प्रतिपदा तिथि, १२ः३९ बजेदेखि द्वितीया। हस्त नक्षत्र। चन्द्रराशि– कन्या। वि.सं. चैत ५, २०७८ । ई.सं. १९ मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण वसन्त । शनिबार चैत्र कृष्णपक्ष । तिथि- प्रतिपदा, १२:३९ बजे उप्रान्त द्वितिय ।नक्षत्र-हस्त, २४:५८

बजे उप्रान्त चित्रा । योग- वृद्धि, २२:२३ बजे उप्रान्त ध्रुव करण । कौलव १२:३९ बजेदेखि तैतिल , २४:१० बजे उप्रान्त भद्रा । चन्द्रराशि कन्या । आनन्दादि योग मृत्यु । दिनमान ३०।०६ । सूर्योदय ६:११ । सूर्यास्त १८:१४ । वसन्तादी, तेल लगाउने, आँपको पाउला खाने, नालामत्स्येन्द्रनाथ स्नान, चँकयात, धुलयाँत, गणगौरवपूजा प्रारम्भ, नालान्हवं ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम सफल हुन सक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कूटनीतिक नियोगको सहयोग मिल्ला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रमदान गर्ने अवसर मिल्नेछ । अकुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार