• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

अर्थमन्त्रीले गरे पर्यटन शीर्षकको बजेट चर्चमा लगानि, शर्मा भन्छन् : अझै पैसा थप्छु


काठमाडौं : गृहजिल्ला रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्माले चर्च भवनको शिलान्यास गरेपछि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। आफ्नो निर्वाचन क्षेत्रमा तीन रोपनी क्षेत्रफलमा करिब तीन करोड लागतमा निर्माण हुने विशाल चर्चको भवन शर्माले शिलान्यास गरेपछि धेरैले उनको आलोचना गरेका छन्।यसमा दुईथरीबाट बहस भएको छ। पहिलो त धर्म धर्म नमान्ने, ईश्वरको शपथ नलिने र धर्मलाई अफिम (लागुऔषधजस्तै नशा) ठान्ने कम्युनिस्टहरु धार्मिक गतिविधिमा प्रत्यक्ष संलग्न भइरहेका छन्।

दोस्रो हिन्दु बहुल समाजमा जनयुद्धको नाममा मन्दिरलगायत सनातन सांस्कृतिक धरोधर तोडफोड तथा मासेर, परिवर्तनका नाममा जनभावना विपरीत देशलाई धर्म निरपेक्षता बनाएर इसाई (क्रिश्चियन) धर्म प्रवर्द्धनमा राज्यमा बसेर सक्रिय भएको बहसमा आएको छ। शर्मा आफैं तत्कालीन विद्रोही नेकपा माओवादीको लडाकु कमाण्डर हुन्। विगतमा कमाण्डर शर्माले धर्मलाई अफिम भन्दै मन्दिर भत्काउने अभियानको नेतृत्व नै गरेका थिए। तर, जनयुद्धकै गढ मानिने रुकुम पश्चिममा सिंगो कम्युनिस्ट नेतृत्वमाथि प्रश्न उठ्नेगरी क्रिश्चियन धर्मको प्रवर्द्धनमा लागेका छन्। विगतमा धर्मलाई अफिम भन्दै मन्दिर भत्काउने, पण्डित र पुरोहितको हत्या गर्ने उनको पार्टी माओवादी आज आएर धर्म निरपेक्षताको नाममा इसाई धर्म प्रवर्द्धनमा मौनमात्रै होइन खुला रुपमै राज्यमा बसेर संगठित रुपमा क्रियाशील भएको पुष्टि भएको छ।

यो घटनापछि माओवादी संगठित रुपमै क्रिश्चियन धर्म प्रवर्द्धनमा लागेको भन्दै राप्रपा नेपाल अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापा, पूर्वसचिव एवं सामाजिक अभियन्ता भीम उपाध्यायलगायत चर्चित हस्तीले प्रश्न उठाएका छन्।अध्यक्ष थापाले अर्थमन्त्रीले चर्चको उद्घाटन गरेपछि सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका छन्। उनले लेखेका छन्, ‘सबै धर्मप्रति हाम्रो समभाव छ। हामी पूर्ण धार्मिक स्वतन्त्रताको पक्षमा छौं। हामी सबै धर्मप्रति सद्भाव र सहकार्यको मान्यतामा विश्वास गर्छौ। तर, योजनाबद्ध र संगठित रुपमा धर्म परिवर्तन गर्ने गराउने तथा त्यस्ता कार्यमा राज्यको संलग्नता र सहयोग कदापी स्वीकार्य हुन सक्दैन।’

बजेट विनियोजन पर्यटनमा, खर्च चर्चमा
अर्थमन्त्री शर्माको चुनावी क्षेत्रस्थित मुसिकोट- १ मूलखोलामा तीन करोड लागतको ‘मुसिकोट एजी चर्च’ भवनका लागि माओवादी केन्द्रका प्रदेश सांसद रातो कामीले सांसद विकास कोषबाट पर्यटन शिर्षकमा बजेट निकासा गरेर चर्चको भवन बनाउन रकम छुट्याएका हुन्। कामीले मुसीकोट नगरपालिका-१ स्थित मुल खोलामा चर्च बनाउन पर्यटन शिर्षकमा राज्यको ढुकुटीबाट पैसामात्रै निकासा गरेनन् आफ्नो पार्टीका अर्थमन्त्री बोलाएर चैत ७ गते शिलान्याससमेत गराएका छन्।

‘मैले पर्यटन क्षेत्रमै यो रकम खर्च गर्ने भनेको थिए। तर मेयरलगायतले यो रकम चर्चमै खर्च गर्नुपर्छ भन्नुभयो। हाम्रो सुझाव मान्नुभएन। यसमा हल बनाउने र सबै सदस्यहरु जम्मा हुने भनेर भवन बन्न लागेको हो। चर्च भनेरै नबनाउनुपर्ने हो’तीन करोड लागतमा निर्माणाधीन चर्चमा माओवादी प्रदेश सांसद् कामीको पहलमा आएको २९ लाख ४० हजार रुपैँयाले मात्रै पुग्दैन। त्यसैले उद्घाटनमा आएका अर्थमन्त्री शर्माले थप बजेटका लागि पहल गर्ने प्रतिवद्धतासमेत जनाए। नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्मा माओवादीकै नेता हुन्। उनकै पहलकदमीमा सिंगो पार्टी क्रिश्चियन धर्मको प्रवर्द्धन हुनेगरी चर्च निर्माणमा लागेको स्थानीय नेता कार्यकर्ताको गुनासो छ।

वडाध्यक्षको असहमति
चर्च निर्माणस्थल मुसिकोट वडा नम्बर १ का वडाध्यक्ष वीरबल केसीले पर्यटन क्षेत्रमा आएको बजेट चर्चमा खर्च गर्दा राम्रो सन्देश नजाने भन्दै असहमति जनाएका थिए। वडाध्यक्षलगायतको विरोधका बीच माओवादी केन्द्रले एकलौटी रुपमा चर्चका लागि करोडौंको चर्च बनाउन अगाडि बढेको छ। पर्यटन शीर्षकको बजेट एउटा धर्मको लागि प्रयोग गर्नु उपयुक्त नहुने सुझाव माओवादी नेतृत्वले मानेन।

वडाध्यक्ष केसीले ३० लाख रुपैयाँ बजेट पर्यटन शीर्षकमा छुट्याइएको भए पनि सो शीर्षकमा बजेट खर्च नभएको बताए। उनले भने, ‘मैले पर्यटन क्षेत्रमै यो रकम खर्च गर्ने भनेको थिए। तर मेयरलगायतले यो रकम चर्चमै खर्च गर्नुपर्छ भन्नुभयो। हाम्रो सुझाव मान्नुभएन। यसमा हल बनाउने र सबै सदस्यहरु जम्मा हुने भनेर भवन बन्न लागेको हो। चर्च भनेरै नबनाउनुपर्ने हो। मैले पनि मेयर साबलाई कुरा गरे। समिति बनाएर काम गरौं भन्नुभयो। पर्यटन शीर्षकमा आएको हो बजेट चाही। तर, भवनमा हाल्दिनुभयो उहाँहरुले।’

मेयर देवीलाल गौतमले भने उक्त भवनलाई चर्चको नभएको दाबी गरे। ‘प्रदेशको सहयोगमा यो भवन बन्न लागेको हो। चर्च होइन,’ उनको दाबी थियो।भवन निर्माणका लागि गठन भएको पर्यटन पूर्वाधार तथा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष भीम बोहराले प्रदेश सरकारको सहयोगमा २९ लाख ४० हजार बजेट प्राप्त भएको बताए। उनले भने, ‘यो बजेटले पिलरसम्म बनाउने भन्ने कुरा भएको छ। चर्च भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालय चौरजहारीसँग सम्झौता भएको छ। तीन रोपनीमा तीन तलाको भवन बनाउने लक्ष्य रहेको छ।’

भवन निर्माण भएपछि आन्तरिक बाह्य पर्यटन वृद्धि हुने विश्वास लिइएको उनको भनाइ छ। ‘अर्थमन्त्रीज्यूले पनि अपुग रकम आफ्नो तर्फबाट सहयोग गर्न पहल गर्ने आश्वासन दिनुभयो,’ उनले भने, ‘आर्थिक स्रोत जुटाउँदै भवन निर्माण कार्यलाई अघि बढाउँदै लैजान्छौं। चुनाव लगत्तै सहयोग भयो भने भवन निर्माण कार्य पूरा गर्दै लैजाने सोंच छ।’

चर्च शिलान्यासमा सरकारकै मन्त्री सहभागी हुनु र निर्माणमा माओवादी संगठित रुपमा लागेको भनेर समाज विभाजित भइरहेका बेला समाजशास्त्री चैतन्य मिश्र सार्वजनिक सरोकारका व्यक्तिहरु कसैको पक्ष विपक्षमा लाग्न नहुने बताउँछन्। ‘मन्त्रीहरु चर्चदेखि ढाटा हुनुपर्छ। नेपाल धर्म निरपेक्ष मुलुक हो। यो लोकतन्त्रलाई सुहाउँदैन,’ उनले भने।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार