• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र १० गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र १० गते, बिहीवार, २४ मार्च २०२२। चैत्र कृष्णपक्ष सप्तमी तिथि। ज्येष्ठा नक्षत्र, १८ः५७ बजेदेखि मूल। चन्द्रराशि– वृश्चिक, १८ः५७ बजेपछि धनु। वि.सं. चैत ९, २०७८ । ई.सं. २३ मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ चिल्लागा । राक्षस, उत्तरायण वसन्त । बिहीबार चैत्र कृष्णपक्ष । तिथि- सप्तमी, २५:२९ बजे उप्रान्त अष्टमी।

नक्षत्र- ज्येष्ठा, १८:५७ बजे उप्रान्त मूल । योग- सिद्धि ९:०५ बजेदेखि व्यतीपात, २९:५९ बजे उप्रान्त परिघ । करण- भद्रा १४:४१ बजेदेखि वव, २५:२९ बजे उप्रान्त तैतिल । चन्द्रराशि वृश्चिक । आनन्दादि योग काल । दिनमान ३०।२६ । सूर्योदय ६:०६ । सूर्यास्त १८:१६ । विश्वक्षयरोग दिवस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा धन खर्च बढ्नेछ । चोटपटकको भय छ अत: स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मित्र वा आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहला । मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सफल यात्रा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्ता पनि बढ्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवा गर्ने योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यमा भने समस्या आउने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ विद्या र परीक्षा राम्रो हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि पनि हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार