• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

काठमाडौंमा आयोजना हुने कार्यक्रममा सलमान खानले ४ करोड ८० लाख नेपालबाट लाने


काठमाडौँ — काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो पारिश्रमिक लिने आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् ।

जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन् । सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ । सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन् । नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको भ्रमण गराउने तयारी समेत रहेको छ ।

सलमान खानले मलाई मार्न ५० करोड सुपारी दिएका छन् : कमाल
काठमाडौँ — बलिउड फिल्म अभिनेता तथा समीक्षक कमाल राशिद खान ९केआरके० ले आफ्नो ज्यान खतरामा भएको बताएका छन् । धेरैजसो विवादमा रहने केआरकेले एक यस्ता अभिनेतामाथि आरोप लगाएका छन् जसको नाम सुनेर सबैजना चकित परेका छन् । केआरकेले एकपटक पुनः सलमान खानमाथि आक्रमण गरेका छन् । उनले सलमानलाई आफ्नो ज्यानको खतरा बताएका छन् । केआरकेले थुप्रै ट्वीट गरेर यसबारे बताएका छन् । दिल्ली प्रहरी र मुम्बई प्रहरीलाई ट्याग गर्दै उनले ट्वीट गर्दै भनेका छन्, ‘आफूलाई मन्त्रीको पिए बताउने एकजना व्यक्तिले मलाई फोन गरेर सूचनाका लागि उनलाई फोन गर्न भने ।

उनले दिएको नम्बरमा फोन गर्दा उनले मलाई अर्को ह्वाट्सएप नम्बर दिए । उनले मेरोबारे रेकर्डिङ भएको बताए ।’ ती व्यक्तिले मलाई सलमान खानले मुम्बई र दिल्ली प्रहरीलाई ५० करोड भारु दिएको सुपारीको रुपमा दिएको बताए । उनले यसमा धेरै मन्त्रीहरु पनि संलग्न भएको बताए । त्यसैले म भारत जाने बित्तिकै म मारिनेछु । उनले सलमान खान, थुप्र्रै राजनीतिज्ञ र प्रहरी अधिकारीको रेकर्डिङसमेत भएको बताए ।’ अब केआरकेको कुरामा कत्ति धेरै वास्तविका छ, यसबारे भने थाहा छैन । तर सलमान खानको नाम लिएर केआरकेले पुनः अर्को विवाद निम्त्याउने मौका मिलेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार