• २०८१ भाद्र ३० गते आइतवार
  • Preeti To Unicode

जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालत जाने तयारी


काठमाडौँ — बलात्कार अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनी पक्षले उच्च अदालतमा निवेदन दिने भएको छ ।

केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायीले बताए । पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन् ।
यस्ता छन् पल शाहले बयानमा दिएका ‘आफैँविरुद्ध’का प्रमाण
म्यानेजरको बयानले पनि पार्न सक्नेछ पललाई समस्या
नाबालिगलाई बलात्कार गरेको अभियोगमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहले अधिकारप्राप्त अधिकारीसमक्ष केही बयान उनकै विरुद्धमा हुने देखिएको छ । प्रहरी अधिकारी र सरकारी वकिलसमक्ष अभिनेता पल शाह र उनकै म्यानेजरले दिएका बयानले समेत पल शाहमाथिको अभियोग पुष्टि गर्न केही प्रमाणमा रूपमा रहने देखिएको हो ।

आफूमाथि जबरजस्ती करणी गरेको भन्दै एक नाबालिगले दिएको उजुरीका आधारमा पक्राउ परेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले फागुन १८ गते शाहले दिएको बयानमा गर्लफ्रेण्ड र ब्वाईफ्रेण्डबीच शारीरिक सम्बन्ध हुनु सामान्य कुरा हो भनेर बोलेको आवाज आफ्नै भएको भन्दै सनाखत गरी बयान दिएका छन् । त्यसैगरी शाहले उमेर पुगेपछि विवाह गर्ने भनी परिवारका सदस्यसँगै छलफल र सहमति गरेको कुरा पनि स्वीकार गरेका छन् ।

त्यसबाहेक तनहुँको दुलेगौँडास्थित प्रदीप थापाको घरमा रहेको समयमा आफूले मदिरा पिएको, मदिराकै तालमा पीडितलाई म्यासेज गरेको र आउँछु भनेको र पीडित रहेको कोठामा गएको, आफूले खाँदै गरेको बियर लगेर पीडितलाई समेत खुवाएको कुरा स्वीकार गरेका छन् । यद्यपि शाहले जबरजस्ती करणी गरेको कुरा भने अस्वीकार गरेका छन् ।

शाहकै बयानमा पीडित बालिकाले २०७८ सालको जेठ महिनाको अन्तिमतिर फोन गरी ‘तपाईं र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नु पर्छ’ भन्ने समेतको शब्दहरू प्रयोग गरी म्यासेज पठाएको कुरा स्वीकार गरेका छन् । यस्तो म्यासेज आएपछि २०७८ सालको असार महिनामा काठमाडौँको बानेश्वरमा पीडित, पीडितकी आमा, दुर्गेश थापा, सरोज ओली, योगेश काजी, कृष्ण जोशी लगायतका मानिसहरूसँग छलफल भई उमेर पुगेपछि विवाह गर्ने कुरामा सहमत भएको पनि स्वीकार गरेका छन् ।

पीडितका तर्फबाट पेस गरिएको अडियोमा ‘गर्भवती भएमात्रै स्वीकार गर्ने हो नत्र किन स्वीकार गर्ने ?’ भनेको शब्दसमेत आफ्नै रहेको भनी शाहले सनाखत गरिदिएका छिन् । शाहको यही बयान यतिबेला उनका लागि आफैँ विरुद्धको प्रमाण बन्ने सम्भावना प्रबल छ ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार