• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

तालमेल नगरी चुनाव जितेर देखाउन चितवन कांग्रेसलाई देउवाको चेतावनी !


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन नेताहरुलाई चेतावनी दिएका छन् ।शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा चितवनका केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकबहादुर गुरुङले नेकपा मात्र होइन, एमाले समेत फुटेका बेला एक्लै चुनाव लड्नुपर्ने बताएका थिए । नेकपा

एक हुँदा धरान उपमहानरगपालिकाको उपचुनाव जितेको भन्दै उनीहरुले भनेका थिए, ‘तालमेल नगरी चुनाव जित्न सकिन्छ ।’त्यसको जवाफ फर्काउँदै देउवाले चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन भने ।शुक्रबार ६ प्रदेशका सभापतिका साथै चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्यहरुले बोलेका छन् ।बैठकको अन्तिममा सभापति देउवाले चितवनका नेताहरुलाई जवाफ दिएका छन् । नेविसंघको सभापति भएदेखि चितवनको परिस्थितिबारे आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘हामीसँगै हारेका छौं, जितेर देखाउनु पर्‍यो नि !’

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । उनी त्यही बस्नेछन् ।

मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछन् । त्यसपछि नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी वाङले शनिबारै दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि आइतबार साँझ विदेशमन्त्री वाङ चीन फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार